आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लघुबीमाको लाइसेन्स पाउने बाटो खुल्यो, समितिद्वारा नयाँ निर्देशिका जारी

सोमबार, ०६ भदौ २०७९, २० : ४१
सोमबार, ०६ भदौ २०७९

लघुबीमा कम्पनी खोल्ने बाटो खुलेको छ । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स समेत प्रदान गर्नेगरी छुट्टै नयाँ निर्देशिका जारी गरेसँगै लघुबीमाको बाटो खुलेको हो ।

सोमबार साझ बसेको बीमा समितिको  सञ्चालन समितिले नयाँ लघुबीमा निर्देशिका  पारित गरेको छ । बीमा समितिले अबदेखि निर्जीवन र जीवन लघुबीमा छुट्टा-छुट्टै रुपमा दर्ता गर्नेछ । नयाँ लघुबीमा कम्पनी दर्ता गर्न कानुन अभाव भएकोले निर्देशिका जारी गरेर नयाँ बीमा कम्पनी दर्ता गर्न लागिएको समितिले बताएको छ । 

योसँगै अब नयाँ लघुबीमा कम्पनी दर्ता गर्ने बाटो खुलेको छ । बीमा समितिले २०७९ साउन ३१ गतेको मितिमा जारी निर्देशिका अनुसार अन्य कम्पनी जस्तै पब्लिक कम्पनीले मात्रै बीमा समितिले तोकेको मापदण्ड पुरा गरेपछि लाइसेन्स पाउने व्यवस्था गरेको थियो । बीमा समितिले लघुबीमा कम्पनी दर्ता गर्नुपूर्व नै सहमति लिएर मात्रै दर्ता प्रक्रियामा जानसक्ने व्यवस्था निर्देशिकामार्फत गरेको छ ।

यस्तै, जारी निर्देशिकामा गरिब, न्यून आय भएका जनतालाई लक्षित भई लघुबीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएर आउनेले मात्रै लघुबीमाको लाइसेन्स पाउने समेत उल्लेख गरिएको छ । यस्तो लाइसेन्सका लागि कालोसूचीमा नपरेको यदि परेको भए हटेको तीन वर्ष पुगेको र एक तिहाई संस्थापकहरु स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने नयाँ निर्देशिकामा उल्लेख गरिएको छ । यद्यपि, लघुबीमाको नयाँ लाइसेन्सका लागि आवश्यक शर्त तोकेर मात्रै सूचना प्रकाशित गरिने समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप