बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सम्पदा क्षेत्रको अवलोकन गर्न  ‘हप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याइने

सोमबार, ०६ भदौ २०७९, १९ : ५६
सोमबार, ०६ भदौ २०७९

सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘हप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने भएको छ । सोमबार नेपाल व्यवसायी कलाकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘हप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने  जानकारी दिएका हुन् । 

मन्त्री श्रेष्ठले काठमाडौंका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुने भन्दै सहजताको लागि ‘हप अन हप अफ’ सिटी बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको बताए । उनले पर्यटन पुनरुत्थान कार्य योजना अनुरूप स्वयम्भू स्तूपा र हनुमान ढोका दरबार क्षेत्रलाई सम्पदा पद यात्रामा जोड्न गरी कार्य अगाडी बढाइएको पनि जानकारी दिए ।उनले त्यसका लागि ठेक्का प्रक्रियाको काम समेत सम्पन्न भइसकेको बताए । 

मन्त्री श्रेष्ठले अबका दिनका नेपालभित्र रहेको संस्कृती र सम्पदाहरूलाई आर्थिक आर्जनसँग जोड्नु पर्नेमा समेत जोड दिए । उनले संस्कृति र सम्पदाहरूलाई संरक्षण गर्ने हो भने त्यसलाई आर्थिक आर्जनसँग जोड्नुपर्ने भन्दै आम्दानी नभई भावनामा मात्रै संस्कृति र सम्पदाहरूलाई संरक्षण सम्भव नहुने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप