मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मंगलबार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धीको विधेयक पेश हुने

सोमबार, ०६ भदौ २०७९, १९ : २३
सोमबार, ०६ भदौ २०७९

मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धमा बनेको विधेयक पेश हुने भएको छ । सोमबार गृहमन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा कानुनमन्त्री गोविन्द बन्दीले मंगलबारको संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धीको विधेयक पेश हुने जानकारी दिएका हुन् ।

उनले भने, ‘टिआरसी पूर्व सुरक्षाकर्मीका माग पनि यो विधेयकले सम्बोधन गर्नेछ ।’ उनले नेत्र विक्रम चन्द विप्लवको मुद्दा अदालतको सिफारिस बिना  फिर्ता लिन नसकिने बताए । ‘नकारात्मक सूचीमा रहेका ३२२ मुद्दा छन् । उक्त मुद्दा फिर्ता गर्न नमिल्ने हुन् । ३८ मुद्दा फिर्ता लिने प्रक्रियामा छन् ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप