आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेशपत्र बनाएको अभियोगमा सशस्त्रका जवान पक्राउ

सोमबार, ०६ भदौ २०७९, १९ : ०३
सोमबार, ०६ भदौ २०७९

सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेश पत्र बनाएको अभियोगमा वीरेन्द्रनगरबाट सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख गुराँस गाउँपालिका–४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत वर्ष ३० का सशस्त्र प्रहरी जवान भक्त बहादुर शाही छन् ।

उनी सोमबार दिउँसो दुई बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–७ स्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षाको (लिखित र मौखिक) प्रवेश पत्रमा किर्ते गरेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार उनले यातायात व्यवस्था कार्यालय सुर्खेतका २ जना कर्मचारीको किर्ते सही छाप र कार्यालयको किर्ते छाप लगाई परीक्षामा उत्तीर्ण भएको बनाई सवारी चालक अनुमतिपत्र लिन आएका थिए । यातायात व्यबस्था कार्यालयका कर्मचारीलाई शंका लागि जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको श्रेष्ठले बताए । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप