मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्छ : गृहमन्त्री खाण

सोमबार, ०६ भदौ २०७९, १९ : ००
सोमबार, ०६ भदौ २०७९

गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री खाणले यस्तो बताएका हुन् ।

उनले छोराछोरीले आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाएपनि त्यसलाई सार्वजनिक नगरिने बताए । उनले भने, ‘आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने भनिएको छ । तर स्वघोषणा सार्वजनिक हुँदैन । यो सरकारी अड्डामा मात्र हुन्छ । यो गोप्य दस्तावेजका रुपमा रहन्छ । आमाहरूको स्वाभिमानमाथि चोट नपुगेस् भन्नेमा सरकार गम्भीर छ ।’

मन्त्री खाणले आमाबाबु नभएका बालबच्चाको नागरिकता बनाउँदा संरक्षकहरुले नेपाली नागरिक हुन भनी स्थानीय जनप्रतिनिधिले प्रमाणित गुर्नपर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिको प्रमाणमा मात्र त्यस्ता बालबच्चालाई नागरिकता दिने व्यवस्था गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप