सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९ हुने
गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्सव’ हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९’ हुने भएको हो ।
काली–कर्णालीको पहिचानका रुपमा रहेको डेउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुषा, रहनसहनको प्रचार–प्रसार, पर्यटन प्रबद्र्धन एवं लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गौरा पर्व’ को आयोजना गर्न लागिएको सांस्कृतिक समिति संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले बताए ।
कार्यक्रममा प्रादेशिक डेउडा प्रतियोगिता, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी गौरा प्रदर्शन, लोक बाजाको प्रदर्शन एवं प्रबद्र्धन, ९ वटै जिल्लाका कलाकारहरूका लोक नृत्य तथा लोक गायन प्रस्तुति, बाल प्रतिभा प्रबद्र्धन, लोक सांस्कृतिक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज स्रष्टालाई सम्मान, चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यस्तै डेउडा प्रतियोगितामा प्रथम हुनेलाई, २५ हजार १११, दोस्रो हुनेलाई १७ हजार १११, तेस्रो हुनेलाई ११ हजार १११ र सान्त्वना ५ हजार १११ पुरस्कार रहेको रावतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार