शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बक्यौता तिर्न नसकेपछि सुमार्गीको ‘हेलो नेपाल’ खारेज

सोमबार, ०६ भदौ २०७९, १६ : ३५
सोमबार, ०६ भदौ २०७९

सरकारले व्यवसायी अजय सुमार्गीको कम्पनी ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुगेको कम्पनीको लाइसेन्स सरकारले नै खारेज गरेको हो ।

कम्पनीले ५ वर्षयता दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी र फ्रिक्वेन्सीको रकम तिरेको छैन । जुन, रकम बढेर हाल १ अर्ब रुपैयाँभन्दा पनि धेरै पुगिसकेको प्राधिकरणको भनाइ छ । सुमार्गीले​ नेपाल स्याटलाइट कम्पनीमार्फत हेलो नेपालको लाइसेन्स लिएका थिए । जुन, मन्त्रीपरिषद्को बैठकले नै खारेज गरेको हो ।

बक्यौता नतिरेपछि दूरसञ्चार प्राधिकरणले २०७६ सालमै कम्पनीको लाइसेन्स खारेज गरेको थियो । प्राधिकरणको निर्णयविरुद्ध कम्पनीले सरकारको ढोका ढकढक्याएपछि ५ वर्षमा बक्यौता रकम तिर्ने गरी लाइसेन्स खारेज हुनबाट जोगाएको थियो ।

तर, ५ वर्षको अवधिमा पनि कम्पनीले बक्यौता नतिरेपछि प्राधिकरणले गत वर्ष २०७८ साल मंसिरमा कम्पनीको लाइसेन्स पुनः खारेजी गरेको थियो । सो निर्णयविरुद्ध कम्पनीले दोस्रोपटक सरकारको ढोका ढकढक्याए पनि यसपटक सरकारले नै लाइसेन्स खारेज गरेको हो ।

कम्पनीले नेपालको आधारभूत दूरसञ्चार सेवा अन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिने लाइसेन्स लिएको छ । यसका लागि कम्पनीले २०६४ सालमा प्राधिकरणबाट जीएसएम ९००/१८०० स्पेक्ट्रम प्रयोग गर्न अनुमति पाएको थियो । जुन, अनुमति मन्त्रिपरिषद्को बैठकले खारेज गरिदिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप