मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भारतले नबोलाउँदा माधवलाई छटपटी भएको छ : केपी ओली

सोमबार, ०६ भदौ २०७९, २२ : ५१
सोमबार, ०६ भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् । सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताए । 

उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । ‘सम्माननीय प्रधानमन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्रचण्ड लिम्पियाधुरा कसको हो बोल्नुहुन्न, अस्ति भारत जाँदा पनि चुइक्क बोल्नुभएन’, अध्यक्ष ओलीले भने, ‘माधव नेपाल अर्को हुनुहुन्छ फेरि, उहाँ पनि बोल्नुहुन्न ।’ उनले शेरबहादुर र प्रचण्डलाई भारतले बोलाए पनि माधवलाई नबोलाएको भनेर छटपटी भएको आरोप लगाए । ‘उहाँलाई शेरबहादुरलाई बोलायो, प्रचण्डलाई बोलायो तर मलाई बोलाएन भनेर छटपटी भएको छ’, ओलीको भनाइ छ । 

उनले नेपाली काँग्रेस नसप्रिएकोमा आफूलाई अचम्म लागेको भन्दै लोकतन्त्रमा फरक विचार र मान्यतालाई सुन्न र अस्तित्व स्वीकार्नुपर्ने भएपनि गठबन्धन त्यो दिशामा नभएको बताए । उनले गठबन्धनलाई तानाशाहीको संज्ञा समेत दिए । ‘फरक विचारलाई मान्दैनन्, अहिलेको गठबन्धन तानाशाही जस्तै हो’, ओलीको भनाइ छ । 

उनले गठबन्धनले एमसीसीबारे गठबन्धनमा रहेका दलहरुले दोहोरो चरित्र देखाइएको भन्दै ढाँटछल, बेइमानी, देशद्रोही क्रियाकलाप वर्तमान सरकारबाट भइरहेको बताए । ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाव नमानी जस्ताको तस्तै पास गरेकोमा आपत्ति जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप