बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाबुरामले सुविधानगरमा खोले पार्टी केन्द्रीय कार्यालय

सोमबार, ०६ भदौ २०७९, १६ : ०६
सोमबार, ०६ भदौ २०७९

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए । 

उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद हुन् । जसपासँग असन्तुष्ट रहँदै बाबुरामले छुट्टै पार्टी गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप