मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अनुशासन तोड्नेलाई दण्डित गरिन्छ : प्रचण्ड

सोमबार, ०६ भदौ २०७९, १५ : ५४
सोमबार, ०६ भदौ २०७९

नेकपा माओवादी केन्द्रको अन्तरघात समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्षसहितको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । टंक राईको नेतृत्वको छानविन समितिले अन्तरघातको आरोप लागेका नेता कार्यकर्तासँग बयान लिएर तयार पारिएको प्रतिवेदन सोमबार बुझाएको हो ।

प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा देशका विभिन्न ठाउँमा अन्तरघात भएको निष्कर्ष निकाल्दै गल्ती गर्नेलाई निष्कासन, निलम्बन र चेतावनीको कारवाही गर्न सुझाव दिएको छ । समितिको प्रतिवेदन बुझ्दै  अध्यक्ष प्रचण्डले आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताएका छन् । अनुशासनहीन र अराजक व्यक्तिहरुलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण नहुने भन्दै उनले अनुशासन तोड्नेलाई दण्डित गरिने बताए ।

अध्यक्ष प्रचण्डले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताए ।  उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानविन गरिएको बताए । उनले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताए ।

उनले भने, ‘राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरूलाई दण्डित गर्ने यो प्रक्रिया अगाडी नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन । त्यसकारण हाम्रो उद्देश्य पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ । यो छानबिन नगरीकन दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडी नबढाइकन पार्टी निर्माण, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र हामीले जे सपना देखेका छौँ समाजवादतिरको यात्रा, सम्भव छैन । त्यसकारण हाम्रो पार्टी केन्द्रले समग्र रणनीतिक विषयलाई सैद्धान्तिक रुपले विचार गरेर नै यो छानबिन समिति बनाएको हो ।’

उनले छानविन समितिले नेता कार्यकर्तालाई निलम्बन, निष्काशन र चेतावनी दिनुपर्ने निस्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप