मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ
सोमबार, ०६ भदौ २०७९, १५ : ५३
बुटवलमा मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले होली क्यालोरी चर्च बुटवलका पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । भाइरल भएको उक्त भिडियोमा एक महिला भुइँमा सुतेको देखिन्छ र केही बेरमै ती महिलालाई उठेर सरासर हिँडेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार