सेयर बजारमा ७ अंकको गिरावट, २ कम्पनीका लगानीकर्ताले कमाए
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ७.४१ अंकको गिरावट आएको छ । आज ०.३६ प्रतिशतले घटेको सेयर बजार परिसूचक २ हजार ५३ अंकमा आएर रोकिएको हो ।
यस्तै, आज सेन्सेटिभ परिसूचक १.४७ अंकले घटेर ३९७ अंकमा आइपुगेको छ । परिसूचक ७ अंकले घटेको दिन १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको ५२ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १ बजेदेखि भने उकालो लाग्न थालेको थियो ।
तर, परिसूचक २ हजार ६१ अंकमा पुगेपछि घटेर २ हजार ५३ अंकमा आएर रोकिएको हो । यसक्रममा आज म्यूचुल फण्ड समूह बाहेक सबै समूह घटेका छन् । यस समूहमा ०.०३ अंकको सुधार आएको छ । यस्तै, आज निर्जीवन बीमा समूह ४७ अंक घटेको छ । यस्तै, उत्पादनमूलक समूहमा ३२ अंकको गिरावट आएको छ भने होटल एण्ड टुरिजम समूहमा २९ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा २४, जलविद्युत समूहमा १६ अंकको गिरावट देखिएको छ ।
यसक्रममा आज अप्पर हेवाखोला जलविद्युत आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य २४ रुपैयाँले बढ्दै प्रतिकित्ता २७३ रुपैयाँ पुगेको छ । यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेर प्रतिकित्ता ३४७ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सांसद तामाङ जोडिएको सहकारी समस्याग्रस्त घोषणा
-
रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने
-
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
-
१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर
-
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी