वाम एकताको आवश्यकताबारे बहस चलाउनुपर्छ : खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू वाम एकताको पक्षमा रहेको प्रस्ट पारेका छन् । उनले वाम एकताको आवश्यकताबारे बहस र छलफल चलाउनुपर्ने बताए । सोमबार गुल्मीको तम्घासमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मुलुकका लागि वाम एकता आवश्यक रहे पनि ठुला कम्युनिस्ट पार्टी नै एकताको पक्षमा नरहेको बताए ।
पार्टीको निर्देशनअनुसार आफूले आगामी निर्वाचनमा उम्मेदवारी दिने नेता खनालले बताए । पार्टीको गुल्मी जिल्ला संगठनले सञ्चालन गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि गुल्मी आएका खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएको पनि उल्लेख गरे ।
उनले एमालेबाट विद्रोह गरेको एक वर्षमै आफ्नो पार्टी राष्ट्रव्यापी बनेको बताउँदै छोटो समयमै २१ वटा जनवर्गीय संगठन निर्माण गरिएको जानकारी दिए । एकीकृत समाजवादी पार्टी विशाल क्रान्तिकारी पार्टी बनिसकेको उनको दाबी थियो ।
खनालले नागरिकता विधेयक मुलुकको राष्ट्रियताको विषय भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व मन्त्री एवं पार्टी सचिव रामकुमारी झाक्री पनि सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत