शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिपाठीको पत्रलाई ‘नो रेसपोन्स’

सोमबार, ०६ भदौ २०७९, १४ : ४५
सोमबार, ०६ भदौ २०७९

जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले चुनावी गठबन्धनका लागि विभिन्न राजनीतिक दललाई प्रस्ताव गरेका थिए । तर त्यसमध्ये कतिपय दलले सो पत्रको रेस्पोन्स नै नगरेको सो पार्टीले जनाएको छ । 

प्रगतिशिल पार्टीले चुनावी गठबन्धनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, सिके राउत नेतृत्वको  जनमत पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीलाई पत्र पठाएको थियो । त्यसमध्ये जनमत र तमलोपाले रेसपोन्स गरेपनि जसपा र लोसपाले कुनै रेसपोन्स नगरेको हो ।  

प्रगतिशिल पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवका अनुसार जसपा र लोसपाले पत्रको प्रतिकृया दिएको छैन । जनमत र तमलोपासँग भने एक चरण वार्ता पनि भइसकेको छ। एउटा पार्टीले अर्को पार्टीलाई पत्र पठाइसकेपछि त्यो पत्रबारे प्रतिक्रिया दिनुपर्ने भएपनि कुनै जवाफ नआएको उनको भनाइ छ । जसपा पाँच दलीय गठबन्धनमा रहेको हुनाले प्रगतिशील पार्टीलाई रेस्पोन्स नगरेको बताइएको छ । यता, लोसपा पनि पाँच दलीय गठबन्धनमा जाने प्रयासमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप