शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावमा माओवादी र नेकपा समाजवादीको एउटै घोषणापत्र बन्ने

सोमबार, ०६ भदौ २०७९, १४ : ३२
सोमबार, ०६ भदौ २०७९

पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा दुई पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका हुन् । 

मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने भएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति जुटेको प्रतिक्रिया दिए । माओवादी र नेकपा समाजवादी एउटै घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको हो ? भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हो ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि पार्टी एकता नहुने तर अरु विषय मिलाउँदै जान सहमत भएको प्रतिक्रिया दिए ।  ‘चुनावअघि पार्टी एकता त हुँदैन तर अरु बाँकी कामहरु हुँदै जानेछन् ’, अध्यक्ष नेपालले पार्टी एकता संयोजन समिति समेत चाँडै बन्ने संकेत गरे । ‘बाँकी काम र एकताको थालनी तत्काल हुन्छ । त्यसमा एकता संयोजन समिति त बन्ने नै भयो । त्यो हाम्रो पार्टीले निर्णय नै गरेको विषय भयो । केही दिनमा दुवै दलका तर्फबाट सदस्यहरु तोकिन्छन् ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप