शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

माओवादीको अन्तरघात छानबिन समितिले प्रतिवेदन बुझाउँदै

सोमबार, ०६ भदौ २०७९, १४ : २६
सोमबार, ०६ भदौ २०७९

नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तरघातबारेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै छ । पार्टी कार्यालय पेरिसडाँडामा टंक राई संयोजक रहेको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका  राईको नेतृत्वमा अन्तरघात छानबिन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।  अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पार्टीको बैठकमा कुरा उठेको थियो । विशेषगरी मधेस प्रदेशमा मातृका यादव र गिरिजामणि पोखरेललगायतका शीर्ष नेता यसमा मुछिएका थिए । तर,  समितिले अन्तरघातमा केन्द्रीय नेताको संलग्नता नदेखिएको निष्कर्ष निकालेको बताइएको  छ ।

छानबिन समितिको रिपोर्टमा अन्तर्घातमा केन्द्रीय नेताको संलग्नता पुष्टि नभएपनि स्थानीय नेताहरुको भने उल्लेख्य संलग्नता देखिएको अध्यक्ष राईले जानकारी दिए । छानबिन समितिले अन्तरघात हुँदा २० देखि २५ सिट नोक्सान भएको निष्कर्ष निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप