आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न

सोमबार, ०६ भदौ २०७९, १४ : २५
सोमबार, ०६ भदौ २०७९

युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।  क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । 

डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका  अध्यक्ष कृष्ण खनालका  साथै बिभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो।

 संस्थाकी अध्यक्ष सरु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन राधिका आचार्य तथा सुजिना थापा र पुनम अधिकारी लगायतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप