शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वन मन्त्री भन्छन्, ‘रुख काट्न दिएपनि गाली, नदिए पनि गाली’

सोमबार, ०६ भदौ २०७९, १४ : १५
सोमबार, ०६ भदौ २०७९

वन तथा वातावरण मन्त्री प्रदिप यादवले आफूले मन्त्रालय जिम्मा लिएको ४५ दिन भएको तर जे गर्दा पनि गाली मात्रै खाने गरेको दुखेसो पोखेका छन् । 

आइतबार नेपाल वातावरण पत्रकार समुह ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले रुख काट्न दिँदा पनि गाली र नदिँदा पनि गाली खानुपरेको बताएका छन् । ‘रुख काटन नदिऊँ विकास विरोधी भन्छन् काट्न दिऊँ जगंल विनाश भयो भने गाली खाने अवस्था छ ।’

आफूले काम गरेको ४५ दिन बितिसक्दा पनि कर्मचारीहरुसँग काम लिन निकै गाह्रो भएको उनको भनाई छ । उनले भने, ‘मैले अघि बढाएको फाइल १७ दिनसम्म कर्मचारीको टेबलबाट अघि बढ्न सकेको छैन । म थुप्रै चुनौती लिएर अघि बढिरहेको छु ।’

‘सबैजना मलाई असफल बनाउने योजनामा लागिरहेका छन्,’ उनले भने । उनले मुलुकमा जलवायु संकटकाल घोषणा गरेर अघि बढ्ने तयारी गरिरहेको पनि जानकारी दिए । मन्त्री यादवले यसलाई मन्त्रीपरिषद्मा छिट्टै यो प्रस्ताव पेश गरिनेसमेत बताए ।

यसका साथै, चुरे सम्बन्धि कानुनको ऐन अर्थमन्त्रालयमा पठाइसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप