सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्छ : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । सोमवार पशुपति सङ्ग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मावलम्बीहरूलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।
उनले पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मावलम्बीहरू एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए । उनले भने, ‘पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । पशुपति परिसर आफैँमा एउटा सभ्यताको पहिचान बोकेको ठाउँ हो । पशुपतिले विश्वका हिन्दु धर्मावलम्बीहरू आउनुपर्छ भन्ने मान्यता बोकेको छ । सरकारले त्यो खालको वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि छ । पशुपति परिसरका व्यवस्थापन, सरसफाइ र पूजा आराधना गर्न आउने धर्मावलम्बीहरूलाई मैत्रीपूर्ण वातावरण बनाउने तथा यहाँको मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिनुपर्छ । नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका संस्कृति र सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गरेर मात्रै विकास गर्न सकिन्छ । पर्यटन मन्त्रालयले पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्यक्रम घोषणा गर्दा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा महत्त्व दिएका छौँ । यसको संरक्षण र संवर्द्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्नसक्छौँ । नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्छौँ । नेपालमा नै रोजगारी वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लैजान सकिने मन्त्रालयले विश्वास लिएको छ ।’
मन्त्री श्रेष्ठले मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रम घोषणा गर्दा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा महत्त्व दिएको बताए । उनले मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण र संवर्द्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्न सकिने दाबी गरे । भूकम्पबाट क्षतिग्रस्त पशुपति सङ्ग्रहालयको मर्मत सम्भार नेपाल इन्भेस्टमेन्ट बैंकले गरेको हो । बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती