राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित
राष्ट्रियसभाले काँग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तक समेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।
राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्गीय गिरीको शोक प्रस्ताव प्रस्तुत गर्दै भने, ‘प्रतिनिधिसभाका सदस्य माननीय प्रदीप गिरीको निधन भएकोमा निम्न लिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु । विक्रम संवत् २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मिति २०७९ साल भदौ ४ गते शनिबारको दिन निधन भएकोमा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ । स्वर्गीय गिरी नेपाली काँग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत् २०६४ र विक्रम संवत् २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत् २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो । यो बैठक स्वर्गीय प्रदीप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । माननीय सदस्यहरु उपरोक्त शोक प्रस्तावलाई पारित गरिदिन हुन अनुरोध गर्दछु । सो शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’
स्वर्गीय गिरी नेपाली काँग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत् २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत् २०६४ र विक्रम संवत् २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत् २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भाद्र १२ गते आईतबार अपरान्ह १ बजेर १ मिनेटमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह