शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुबईमा नेपाल इभ टुरिजम टुर-२०२२ सम्पन्न (तस्बिरहरु)

सोमबार, ०६ भदौ २०७९, १३ : ३२
सोमबार, ०६ भदौ २०७९

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा नेपाल इभ टुरिजम टुर-२०२२ सम्पन्न भएको छ। ब्लु चिप ग्रुप अफ कम्पनी र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा  आइतबार दुबईको वर्ल्ड ट्रेड सेन्टर स्थित शेख रसिद हलमा कार्यक्रम सम्पन्न भएको हो । नेपालको कला सँस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन गरि नेपालमा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा तीन हजार भन्दा बढि दर्शकहरुको उपस्थिति रहेको थियो।

दुबईका राजपरिवारका सदस्य सेख बुति बिन अब्दुल हकिम अल मक्तुमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष भास्करराज राजकर्णिकार, ड्रिम हाई नेपाल अध्यक्ष पुनम यादव, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, रिपोर्टस क्लवका अध्यक्ष ॠषि धमलाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा महानायक राजेश हमाल,कमेडियन सन्दीप क्षेत्री, लोक गायक खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, टेरिया फौजा मगर, अञ्जली अधिकारी, शिव परियार, स्मृति दाहाल, स्वस्तिमा खड्का, केकी अधिकारीलगायतका कलाकारले प्रस्तुति दिएका थिए।स्थानीय कलाकारहरुले नेपाली पञ्चे बाजा सहित आ- आफ्नो भेषभूषामा नेपाली कला र संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए भने काभ्य व्याण्डले स्टेज निकै तताएको थियो।

कार्यक्रममा अथितिहरुले आफ्नो धारणा राखेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युएईमा अलपत्र रहेका नेपालीहरूका शव र दलालहरूले अलपत्र पारेका नेपालीको उद्धार गरी नेपाल फर्काउने वातावरण तयार गरेको बताए। यसै गरि रिपोर्टस क्लवका अध्यक्ष ॠषि धमलाले पर्यटन प्रवर्धन गर्न भएको यति ठुलो कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सम्बन्धित देशको नेपाली राजदूत उपस्थिति नहुनु दुखद् भएको बताए। उनले स्वदेश फर्केपछि उक्त विषयको आवाज उठाउने र तत्काल दुवईमा नेपालीहरुको सहजताको लागि प्राइम टेलिभिजन संचालनमा ल्याउने घोषणा गरे। 

चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजकर्णिकारले यूएईको तीन वटा राज्य दुवई,शारहजा र आवुधावीमा छिट्टै रेडियो एभिन्युज सञ्चालन गर्ने घोषणा गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप