नेपाली नर्स बेलायत पठाउन आज द्विपक्षीय सम्झौता हुँदै
![नेपाली नर्स बेलायत पठाउन आज द्विपक्षीय सम्झौता हुँदै](https://rpcdn.ratopati.com/media/albums/shram_zvP9otNJA4.jpg)
नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदैछ । सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बीच सम्झौता गरिनेछ ।
बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजानेगरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ ।
बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तर्गत स्वास्थ्य संस्थाहरूमा काम गर्नका लागि नेपाली नर्स लैजाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
नेपालबाट जी टु जी मार्फत नेपाली कामदार पहिलोपटक बेलायत जान लागेका हुन् । गत वर्षको माघमा भएको दुई देशका अधिकारीहरू बीचको छलफलमा १० हजार नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी