शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले व्यवसायीलाई कुटेको विरोधमा मिर्चैया बजार बन्द

सोमबार, ०६ भदौ २०७९, १० : ३७
सोमबार, ०६ भदौ २०७९

मिर्चैयाका व्यवसायीले सोमबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मिर्चैयाका सम्पूर्ण पसल तथा व्यवसाय बन्द गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले विरोधस्वरुप बजार बन्द घोषणा गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया सडक खण्डमा धुवाँ, धुलो र हिलोका कारण आजित स्थानीय व्यवसायीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ सहित दर्जनबढी व्यवसायी घाइते भएको बताइएको छ ।

सचिव भरत महासेठ र जेएम होटलका कामदार अजय पासवानको टाउको र शरीरका विभिन्न भागमा हड्डी भाँचिने गरी प्रहरीले कुटपिट गरेको व्यवसायीहरु बताउँछन् । सडक निर्माण कम्पनी र सरोकारवालाहरुसँग पटकपटक वार्ता र सम्झौता गरे पनि ती सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित थिए । यता प्रहरीले भने पूर्व पश्चिम राजमार्ग जाम गरेर केही युवाले प्रहरीमाथि ढुङ्गामुढा गरेकाले केही बल प्रयोग गर्नुपरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप