शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

भिल्लारियालसँग हार्‍यो एट्लेटिको

सोमबार, ०६ भदौ २०७९, १० : १४
सोमबार, ०६ भदौ २०७९

१० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको भिल्लारियालसँग २–० गोल अन्तरको हार ब्यहोरेको हो ।

एट्लेटिकोको घरेलु  मैदानमा भएको खेलको ७३ औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । एट्लेटिको खेलको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका नहुएल मोलिनाले रातो कार्ड पाएर मैदान छाडेका थिए ।

त्यसपछि इन्जुरी समयको जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई २–० को जित दिलाए । जितसँगै भिल्लारियलले २ खेलमा ६ अंक जोडेको छ । यता एट्लेटिकोको ३ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप