शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिमागलाई स्वस्थ राख्न खानुहोस् यी ५ ड्राई फ्रुट, दिमाग तेजिलो हुन्छ

सोमबार, ०६ भदौ २०७९, ०८ : ३१
सोमबार, ०६ भदौ २०७९

स्वस्थ हुनु भनेको शारीरिक रूपमा मात्र स्वस्थ रहनु होइन, मानसिक स्वास्थ्य बलियो हुनु पनि अति आवश्यक हुन्छ । तर अहिलेको समयमा हामीमध्ये अधिकांशले चिन्ता, तनाव, डिप्रेसन, स्मरणशक्ति घट्ने जस्ता समस्याहरूको सामना गरिरहेका छौं । यसको एउटा प्रमुख कारण भनेको तपाईंको खानपान राम्रो नहुनु हो । त्यसैले मानसिक स्वास्थ्य सुधार गर्नका लागि आहारमा केही स्वस्थकर खानेकुराहरू समावेश गर्नुपर्छ । के तपाईंलाई थाहा छ ? केही ड्राई फ्रुटको सेवन मस्तिष्कका लागि निकै फाइदाजनक साबित हुन सक्छ । ड्राई फ्रुटको सेवनले दिमागलाई तीखो मात्र बनाउँदैन, मानसिक स्वास्थ्य र स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । कुन ड्राई फ्रुट्स मस्तिष्कका लागि फाइदाजनक हुन्छ भन्ने जान्नको लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ ।

१. सुकेको खुर्पानी

सुकेको खुर्पानीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा डाइट्री फाइबर, पोटासियम, आइरन, नियासिन, आइरन र भिटामिन ई जस्ता आवश्यक पोषक तत्वहरूमा प्रशस्त पाइन्छन् । यो मानसिक स्वास्थ्य सुधार गर्न धेरै उपयोगी छ ।

२. बदाम (एल्मण्ड)

हामी सबैले बाल्यकालदेखि सुन्दै आएका छौँ कि बदाम खाँदा दिमाग तेजिलो हुन्छ । बदाममा रिबोफ्लेभिन र एल(कार्निटाइन हुन्छ, जसले कग्निटिभ डिक्लाइनको जोखिम कम गर्छ । भिजाएको बदाम दैनिक ५(६ वटा खानु  मस्तिष्कका लागि निकै फाइदाजनक हुन्छ ।

३. ओखर

ओखरलाई मस्तिष्कको खाना भनिन्छ । ओखर खानु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ओखरमा फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । साथै, ओखर फस्फोरस, कपर, ओमेगा ३ फ्याटी एसिडको उत्कृष्ट स्रोत हो । ओखर दिनदिनै खानुपर्छ ।

४. छोगडा

छोगडामा क्याल्सियम, सोडियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम र जिंक, आइरनका साथै थायामिन, रिबोफ्लेभिन, नियासिन, फोलेट, भिटामिन ए, बी६ र भिटामिन के जस्ता आवश्यक भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक छोगडाको सेवनले मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

५. अन्जिर

अन्जिर खाँदा दिमाग तेज हुन्छ । त्यसैले बच्चाहरूलाई अंजिर खुवाउन सल्लाह दिइन्छ, ताकि तिनीहरूको मस्तिष्कको विकास राम्रो होस् । साथै, यसले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप