बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गायक जेम्स प्रधानको तीज गीत लन्डनमा लोकार्पण

सोमबार, ०६ भदौ २०७९, ०८ : ११
सोमबार, ०६ भदौ २०७९

गायक जेम्स प्रधानको तीजको गीत लन्डनमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । पछिल्लो समय बजारमा आउने तीज गीतको तुलनामा प्रधानको  ‘घरमा म एक्लै छु’ बोलको यो गीत बिलकुलै फरक छ ।  नेपालबाट बेलायत आएका नेपालका टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरूको सम्मानमा आयोजना गरिएको ‘नेपाली ब्ल्याक टाई डिनर’ मा सो गीतको लोकार्पण गरिएको हो ।  

तीजलाई लक्षित गरी काठमाडौँमा तयार गरिएको म्युजिक भिडियोलाई बेलायतमा बसोबास गर्दै आएका गायक योगेश्वर अमात्य, सुवास गुरुङ, जेम्स प्रधानलगायत पत्रकारहरूको संयुक्त टोलीले गीतको लोकार्पण गरेको हो । आइतबार साँझ लन्डन हिथ्रो एअरपोर्ट नजिकको एक होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायतका प्रतिष्ठित व्यक्ति, संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप