मस्जिद भत्किँदा ४ जनाको मृत्यु
सोमबार, ०६ भदौ २०७९, ०७ : ०७
मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका ६ जनाको उद्धार गरेको छ ।
भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । कतारत अल–इमाम अली मन्दिर पश्चिमी मरुभूमिमा अवस्थित छ । उक्त मन्दिर पवित्र शहर केरबालाको केन्द्रबाट लगभग २८ किलोमिटर टाढा छ ।
मन्दिरको छतमा पहिरो ठोकिएको नागरिक रक्षा सेवाले एक विज्ञप्तिमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल