बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बारामा खेलाडी छनोट सुरु

सोमबार, ०६ भदौ २०७९, ०६ : ५०
सोमबार, ०६ भदौ २०७९

अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बारामा खेलाडी छनोटको काम सुरु भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जिल्लाबाट छनोट भएका खेलाडीहरु विच पहिलो चरणमा भदौ १० देखि १२ गतेसम्म जनकपुरमा आयोजना हुने प्रदेश स्तरिय प्रतियोगिता छनोट हुनुपर्नेछ ।  

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, भारोतोलन, कुस्ती कवडी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ्ग, खो–खो, शारिरिक सुगठन लगायत १८ प्रकार खेलहरु हुनेछन् । बाराको सिमरा रंगशालामा जिल्ला भरका फुटबल खेलाडीहरु विच प्रतिष्पर्धा भएर आईतवार छनोटको काम सम्पन्न भएको छ भने अन्य खेलहरु कलैया, निजगढमा सञ्चालन भएका छन् । 

बारा जिल्ला फुटबल संघका प्रशिक्षक उमेश श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट टिम छनोटका लागि जिल्लाभरका खेलाडीहरुलाई आह्रवान गरेर अन्तिम छनोट गरिएको बताए । फुटबलका लागि ८० जनाबाट भित्रबाट अन्तिम २० जना छनोट गरिएको छ । ‘मधेश प्रदेशका आठ जिल्ला विच पुनः प्रतियोगिता भएर एउटा टिम छनोट हुन्छ त्यहि छनोट भएको टिम  गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन्छ’ प्रशिक्षक श्रेष्ठले भने । 

खेलाडी छनोटका लागि पहिलो चरणमा जिल्लाभरबाट खेल्न चाहने खेलाडीहरु सँग आवेदन माग गरिएको थियो । सोही आवेदनका आधारमा सहभागी हुन इच्छुक खेलाडीहरु विच प्रतियोगिता गरेर छनोट गरिएको श्रेष्ठले जनाएका छन् । ‘जिल्लामा खेलिरहेका र खेल्न इच्छुक खेलाडीहरु मध्येबाट हेरेर हामीले छनोट गरेका छौ’ श्रेष्ठले भने । 

 नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलिने १८ प्रकारका खेल प्रतियोगिता मध्ये बारामा केही छिटफुट बाहेक सबै प्रकारका खेलहरूको लागि खेलाडी छनोटको काम भईरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप