तीन बुँदे सहमतिसँगै निहारिका राजपुतले तोडिन् अनसन
आइतबार, ०५ भदौ २०७९, २२ : ४५
विगत १७ दिनदेखि आमरण अनसन गरिरहेकी निहारिका राजपुतले आइतबारदेखि अनसन तोडेकी छन् । काठमाडौँ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी र राजपुतबीच तीन बुँदे सहमति भएसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा उनले अनसन तोडेकी हुन् ।
सहमतिअनुसार राजपुतले माग र अनुरोध गरे बमोजिम उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गरिने भएको छ । त्यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने पनि सहमति भएको छ । यस प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब