बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रिय हितमा काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

आइतबार, ०५ भदौ २०७९, २१ : ५०
आइतबार, ०५ भदौ २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरुको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले दोलखाको सबै स्थानीय तहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पुर्याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिए । मुख्यमन्त्री पाण्डेले पहिरो तथा बाढी पीडितहरुलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बागमती प्रदेशभित्रका सबै जिल्लाहरुमा कृषकहरुलाई बाँदरले दुःख दिएको भन्ने सबैतिरबाट गुनासो आएका कारण बाँदर नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले समृद्ध प्रदेश निर्माणका लागि प्रत्येक वडामा वडा समाजवादी कार्यक्रम लागू गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहज तरिकाले सेवा प्रवाह गराउने, जातीय धार्मिक लगायत विभेदको अन्त्य गरिने, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गरिने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने जस्ता कार्यहरु बागमती प्रदेश सरकारले अघि सारेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप