रौतहटमा कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु
रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।
कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो । सोमबार घिमिरेको मृत्यु भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । स्थानीयले ‘कर्तव्य ज्यान मुद्दा’ दर्ता गरेर घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् ।
असार २९ मा प्रहरीले जाँचका केश फारम भरेर उपचारका लागी पठाएको थियो । पहिले वीरगञ्जमा उपचार गरेर घिमिरेलाई उनका आफन्तले काठमाडौं ल्याएका थिए । काठमाडौंमा पहिलो केएमसी अस्पतालमा उपचार गराएर उनी फेरि त्रिवि शिक्षण अस्पतालमा गएका थिए । त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा उनको मृत्यु भएको ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती