सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सहकारी संघहरूलाई वित्तीय रिपोर्ट सार्वजनिक गर्न रजिस्ट्रार पण्डितको आग्रह

आइतबार, ०५ भदौ २०७९, २१ : २३
आइतबार, ०५ भदौ २०७९

वित्तीय विचलनका कारण प्रारम्भिक सहकारी संस्थाहरुमा समस्या आइरहेका बेला सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले केन्द्रीय सहकारी संघहरूलाई पनि वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका छन् ।

रजिस्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा २ (फ) लाई स्मरण गराउँदै विषयगत केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरूलाई अबिलम्ब वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका हुन् । पण्डितले सामाजिक सञ्जाल मार्फत नै भनेका छन्, 'केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरु! सहकारी ऐनको दफा २(फ)अनुसार संस्थाको परिभाषामा संघ पनि पर्ने भएकोले संघहरूले पनि वित्तीय सूचक स्वत:जारी गर्नुपर्ने होइन र!!ढिला नगरौ श्रावण सम्मको सूचना शीघ्र जारी गरौं है!'

गत आर्थिक वर्ष २०७८/७९ को संस्थाको वित्तीय विवरण सार्वजनिक गर्न रजिस्ट्रार पण्डितले आग्रह गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप