बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुत्ता चप्पल व्यापार मेला आजदेखि शुरु

आइतबार, ०५ भदौ २०७९, २० : ०३
आइतबार, ०५ भदौ २०७९

फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पलको पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी शुरु गरिएको आयोजकले जनाएको छ ।

जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताए । उनले मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको बताए । बञ्जाडेले मेलामा ग्राहकहरुले जुत्ता चप्पल किन्न आउँदा सस्तो र गुणस्तरीय भारी छुटका साथ पाउनसक्ने बताए । उनले मेलामा सबै महिला,बालबालिका, पुरुष,कार्यालय प्रयोजनको लागि समेत जुत्ता चप्पलहरू पाउने बताए । बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ता चप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताए । 

त्यस्तै मेला उद्घाटन प्रश्चात कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले विदेशी ब्राण्ड भन्ने बित्तिकै जुत्ता र कपडा किन्ने तर नेपाली ब्राण्ड भनेपछि ओठ खुम्च्याउने सोच नेपालीहरुले परिर्वतन गर्नु जरुरी रहेको बताए । नेपाली उत्पादनलाई सबैले प्रयोग गर्नु आवश्यक रहेको बताए । 

कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताए । उनले सरकारले उद्योगको प्रोत्साहन गर्ने कुरा मुखले नभएर कामले गरेर देखाउनपर्ने बताए ।  मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउनेछन् । तीसभन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिएका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप