विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुखलाई दले कालोमोसो
जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलिएको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपु¥याएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई कालोमोसो दलेको हो ।
विद्यार्थी संगठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इञ्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारवाही गरिएको बताए । उनले मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौं रकम ढुवानीबाट कमिसन खाएको आरोप लगाएका छन् । साथै उनले सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पतिको रुपमा प्रयोग गर्ने र कार्यलयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको आरोप लगाए ।
यता जिल्ला प्रहरी कार्यालयका अनुसार केसीलाई उनको कार्यकक्षमै कालोमोसो दलिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीले कालोमासो दल्ने व्यक्तिहरुको खोजी भइरहेको रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण