शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुखलाई दले​ कालोमोसो

आइतबार, ०५ भदौ २०७९, १९ : १९
आइतबार, ०५ भदौ २०७९

जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलिएको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपु¥याएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई कालोमोसो दलेको हो । 

विद्यार्थी संगठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इञ्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारवाही गरिएको बताए । उनले मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौं रकम ढुवानीबाट कमिसन खाएको आरोप लगाएका छन् । साथै उनले सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पतिको रुपमा प्रयोग गर्ने र कार्यलयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको आरोप लगाए ।  

यता जिल्ला प्रहरी कार्यालयका अनुसार केसीलाई उनको कार्यकक्षमै कालोमोसो दलिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीले कालोमासो दल्ने व्यक्तिहरुको खोजी भइरहेको रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप