मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी सर्भे गरिने

आइतबार, ०५ भदौ २०७९, १८ : ४६
आइतबार, ०५ भदौ २०७९

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ । विगत केही वर्षदेखि कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेका छन् ।

बैंक वित्तिय संस्थामा निष्कृय कर्जाको भयावह स्थिति हुने अनुमान गरिँदैछ । वैदेशिक मुद्रामा सहजता पार्न आयात नियन्त्रित हुनु र महगाईको कारण आम नेपालीको क्रयशक्ति कमजोर हुँदै गइरहेकोले पनि संचालित धेरै उद्योग व्यवसाय बन्द भैसकेका परिप्रेक्षमा जटिल अवस्थामा रुग्ण तथा बन्द उद्योगको यथार्थ अवस्था अध्ययन गर्न लागिएको हो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स पूर्व बैंकर तथा उद्योगी व्यवसायीको संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप