छथर जोरपाटी गाउँपालिकाले गर्भवतीलाई मासिक एक हजार दिने
आइतबार, ०५ भदौ २०७९, १८ : २३
![छथर जोरपाटी गाउँपालिकाले गर्भवतीलाई मासिक एक हजार दिने](https://rpcdn.ratopati.com/media/albums/chathar-jorpati_8vI9eihbhO.jpg)
धनकुटाकाे छथर जोरपाटी गाउँपालिकाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ । गाउँपालिकाले आर्थीक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेको जनाएको छ । गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नौ हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।
आर्थिक रुपमा कमजोर गर्भवतीलाई राहात होस भन्ने उदेश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षेत्र र आर्थिक रुपमा विपन्न परिवारका महिलालाई राहात मिल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे