बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल टी–ट्वान्टी लिग : बाँकी दुई टिम अर्काे साता सार्वजनिक हुने

आइतबार, ०५ भदौ २०७९, १८ : ०९
आइतबार, ०५ भदौ २०७९

नेपाल टी–ट्वान्टी लिगका बाँकी दुई टिम अर्काे साता सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बाँकी टिमलाई अर्काे साता सार्वजनिक गर्ने योजना रहेको बताएको छ । क्यानले विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न गरि ६ टिमलाई पहिलो संस्करणमा सहभागिता गराउँदैछ ।

पहिलो संस्करणको सफलता या अन्य विषयलाई हेरेर क्यानले दोस्रो संस्करणबाट बाँकी टिम थप्ने यो नथप्ने भन्ने विषयमा छलफल गर्नेछ । क्यानले यसअघि साउन २ गते चार टोलीको मात्र नाम र मालिकको नाम सार्वजनिक गरेको थियो ।

सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स, डायमण्ड डिजीक्याप प्रालि भारतको विराटनगर सुपर किङ्स र गोल्ड स्पोर्टस् प्रालि भारतको जनकपुर रोयल्स रहेका छन् ।

अब लुम्बिनी–भैरहवा र फार वेस्टर्नको टिम र मालिकको नाम सार्वजनिक हुन बाँकी छ । अर्काे सातासम्म टिम र मालिकको नाम सार्वजनिक गरिसक्ने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । ‘टिमको मालिकको टुङ्गो लागि सकेको छ । अर्काे साता हामी टिम र मालिक सार्वजनिक गर्नेछौं । त्यसपछि मात्र खेलाडी ड्राफ्टको काम हुनेछ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप