मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

आइतबार, ०५ भदौ २०७९, १८ : ०५
आइतबार, ०५ भदौ २०७९

भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । 
हिमाञ्चल प्रदेशमा मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

त्यहाँ ६ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन् । पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ । बाढी पहिरोका कारण हजारौँ स्वदेशी तथा विदेशी पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् ।

शनिबार साँझ हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले प्रभावित जिल्लाहरूमा उच्च सरकारी अधिकारीहरूलाई यातायात आवागमनका लागि भत्किएका सडक मर्मतसम्भार गर्न तथा  क्षतिग्रस्त पुल मर्मत वा पुनर्निर्माण गर्न निर्देशन दिएका थिए ।

यसैबीच, अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा बाढीमा परेर १० जनाको ज्यान गएको छ भने सयौँ घर क्षतविक्षत भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ । बाढीले सयौँ हेक्टर खेतबारीमा क्षति भएको छ विगत केही महिना यताको अविरल वर्षासँगै देशका विभिन्न भागमा भएका बाढी पहिरोका घटनामा परी दुई सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप