आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

आइतबार, ०५ भदौ २०७९, १७ : ५५
आइतबार, ०५ भदौ २०७९

राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ । तीनदिनसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्समा उपत्यका तथा विभिन्न जिल्लाका गरी करिब १३५ जनाको सहभागिता रहेको थियो ।

सेमिनारमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ । सहभागी प्रशिक्षकहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप