सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

पशु स्वास्थ्य विधेयकले किचलो

आइतबार, ०५ भदौ २०७९, १७ : ५०
आइतबार, ०५ भदौ २०७९

पशु स्वास्थ्य विधेयकको मुद्दालाई लिएर पशु स्वास्थ्य सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसन संघ संगठनबीच विवाद चर्किएको छ । १४ वर्षदेखि रोकिएर रहेको पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभामार्फत अघि बढेसँगै नेपाल भेटेरिनरी एसोसिएसन लगायतका संगठनले आफूहरू अनुकूल नभएको भन्दै विरोधमा उत्रिएका छन् । 

तर, यता नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एसोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ र नेपाल एनिमल साइन्स एसोसिएसनसहितको तीन वटा संघले भने पशु स्वास्थ्य विधेयक किसानको हितमा रहेको भन्दै आन्दोलनको कुनै तुक नरहेको बताएको छ । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले विधेयक रोक्ने गलत मनसायका साथ नेपाल भेटेरिनरी एसोसिएसनले विरोध गरिरहेको बताए । विधेयक निर्माणका सबै सरोकारवाला निकाय र विज्ञको राय सुझाव समेटिएकाले अहिले विरोध गर्नुको कुनै तुक रहेको उनको तर्क छ ।

विधेयकका बारेमा गरिएका अनर्गल प्रचार प्रसार गरेर विधेयक रोक्दै पशु चिकित्सा क्षेत्रलाई ट्र्याक बाहिर लैजाने खेल भएको बताउँदै उनले विधेयकलाई स्वीकृत गरी करिब ६० हजार भन्दा बढी पशु सेवाकर्मी प्राविधिक, प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू, वैज्ञानिकहरू र विज्ञहरूले गर्ने कार्यलाई कानुनी दायरामा ल्याइने बताए । 

तर, यता सोही विधेयक विरुद्ध आन्दोलनमा उत्रिएको भेटेरिनरी एसोसिएसन लगायतका आन्दोलित सङ्गठनहरुले भने, पशु स्वास्थ्य विधेयकले स्वास्थ्यकर्मीहरूको लाइसेन्सको प्रावधानलाई कठिन बनाएको, शैक्षिकका आधारमा मात्र लाइसेन्स दिने प्रावधान बनाएर अनुभवीलाई बाइपास गर्ने गरी विधेयक ल्याएको जस्ता आरोप लगाएको छ । असन्तुष्ट पशु स्वास्थ्यकर्मीहरू सेतो एप्रोनसहित सडकमा उत्रिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप