पोखरामा एटिएम मेशिन फोडेर नगद चोरी, २१ वर्षीय युवक पक्राउ

पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–२७ ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको थियो ।
साथै प्रहरीले घटनामा प्रयोग भएको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित विचारी चौतारामा फेला परेको थियो । उनीमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा