आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वाइसिएल अध्यक्षसहित सबै पदाधिकारी तत्काल टुंगो लगाउन दबाब

आइतबार, ०५ भदौ २०७९, १७ : १४
आइतबार, ०५ भदौ २०७९

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षसहित सबै पदाधिकारी आजै टुंगो लगाउन वाइसिएलकै नेताहरुले हलबाटै दबाब दिएका छन् । पार्टी पदाधिकारीसहित सबै कमिटी टुंगो लागिसकेकाले वाइसिएल नेताहरुले समेत सबै पदाधिकारी टुंगो लगाएर जानुपर्ने मत राखेका हुन् । 

अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुले समेत सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएर जान निर्देशन दिइसकेका छन् । वाइसिएलले भदौ ३ र ४ गतेभित्र दोस्रो राष्ट्रिय सम्मेलन सक्ने अपेक्षा गरेपनि दुई दिन ढिला भइसकेको छ । आइतबार वाइसिएलका अध्यक्षसहित सबै पदाधिकारी टुंगो लगाएर राष्ट्रिय भेला सम्पन्न गरिने अध्यक्षका दाबेदार सुवोध श्रीपालीले बताए ।

‘हामी केन्द्रीय कमिटी र पदाधिकारी सबै सर्वसम्मत रुपमा टुंगो लगाउने गरी हरेक प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छौं’ रातोपाटीसँग कुरा गर्दै श्रीपाली भने, ‘आज रातिसम्म वाइसिएलको पदाधिकारीसहित सबै कमिटी टुंगो लगाएर फर्किन्छौ ।’ 

वाइसिएलको केन्द्रीय कमिटी २९९ जना बनाउने निर्णय भइसकेको छ । पदाधिकारी ३५ जनाको मात्रै बनाउनेगरी छलफल जारी भएकाले कति बनाउने भन्ने टुंगो लागिनसकेको श्रीपालीले बताए । भावी अध्यक्षमा श्रीपालीलाई नै सर्वसम्मत बनाउने तयारी गरिएको छ ।

महासचिवमा तीन जनाले दाबी गरेकाले सर्वसम्मत बनाउन कठिन भइरहेको एक नेताले बताए । महासचिवमा गणेश शाही, ज्ञानबहादुर गुरुङ‘ कसम’ र मिङमाडण्डु शेर्पा छन् । तीन जनामा सर्वसम्मत भएमा पदाधिकारी समेत टुंगो लाग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप