मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

४२ वटा जिल्ला पूर्ण विद्युतीकरण, २ वर्षभित्र शतप्रतिशत उपभोक्तामा बिजुली

आइतबार, ०५ भदौ २०७९, १७ : ०९
आइतबार, ०५ भदौ २०७९

नेपालका ७७ जिल्लामध्ये ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा देशका ४२ वटा जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्ष भित्र सबै जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको बताए । उनले ६ वर्ष अघि जम्मा ६२ प्रतिशत जनसङ्ख्यामा पुगेको विद्युत्को पहुँच अहिले ९६ प्रतिशत जनसङ्ख्यामा पुगेको बताए ।

९३ प्रतिशत जनसङ्ख्यामा ग्रिडको बिजुली पुगेकामा ३ प्रतिशत जनसङ्ख्यामा भने वैकल्पिक ऊर्जाबाट विद्युत्को पहुँच पुगेको छ । जुन, आगामी २ वर्षभित्र सम्पूर्ण जनसङ्ख्यामा ग्रिडको बिजुली पुर्‍याउने लक्ष्य प्राधिकरणले लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप