१२ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
मंगलबार बिक्री हुने ट्रेजरी बिलको भदौ ६ गते सोमबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि १ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ ।
यसअघि साउन ३० गते बैंकले तीन किसिममा कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । तर, बजारमा बढ्दो ब्याजदरलाई नियन्त्रणमा राख्न भन्दै राष्ट्र बैंकले केही ट्रेजरीको नवीकरण गरेर बाँकी आफैले खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण