गिरिको योगदान स्मरणीय रहनेछ : सभामुख सापकोटा
आइतबार, ०५ भदौ २०७९, १६ : ४०
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन् । आइतबार सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका सभामुख सापकोटाले ट्वीट गर्दै सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरिको योगदान सदा स्मरणीय रहने बताएका हुन् ।
‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ’, सभामुख सापकोटाले भनेका छन्, ‘दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
-
वैदेशिक रोजगार सम्बन्धी नीतिलाई व्यवहारिक बनाउँछौँ : मन्त्री यादव
-
प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल
-
भिडियो कन्फरेन्समार्फत २ हजार २७६ आरोपीको म्याद थप
-
भासिएको पुलमै गुडिरहेका छन् गाडी
-
राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण