नेसपाका क–कसले पाउँदैछन् टिकट ?
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने टुङ्गो लागेसँगै नेसपामा उम्मेदवारका आकाङ्क्षीहरू देखिन थालेका हुन् ।
नेसपाबाट सो पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, महिन्द्रराय यादव, सहअध्यक्ष गोविन्द चौधरी, गंगा श्रेष्ठ, उपमहासचिव दानबहादुर चौधरी, केन्द्रीय सदस्य विश्वदीप पाण्डे, मानुषी यमी उम्मेदवार हुने चर्चा छ । यद्यपि मानुषीबाहेक अरू कसैले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् ।
पार्टीले उम्मेदवारको चयनको मापदण्डका सम्बन्धमा कार्यविधि बनाउँदैछ । कार्यविधि तयार भइसकेपछि मात्र उम्मेदवार टुङ्गो लाग्ने बताइएको छ । तर गठबन्धनमा सिट बाँडफाँटका लागि सो पार्टीका तीन जनाको नाम चर्चामा छ । नेसपा स्रोतका अनुसार माओवादी केन्द्रसँग गठबन्धन गर्दा वा पाँच दलीय गठबन्धनमा सामेल भएर चुनाव लड्दा अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव तथा सह–अध्यक्ष गोविन्द चौधरी उम्मेदवार बन्ने लगभग निश्चित छ ।
यी तीन जनाको बारेमा माओवादी केन्द्र र नेसपाबीच प्रारम्भिक सहमति नै भइसकेको बताइन्छ । यद्यपि नेसपाले थप सिटको चाहना गरेको बुझिएको छ ।नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डे भने अहिले त्यस्तो कुनै सहमति नभएको बताउँछन् । उनले भने, ‘अहिले गठबन्धनमा कसले कति सिट पाउने, कहाँ कहाँ पाउने भन्ने निश्चित नभएका कारण कुनै उम्मेदवारको बारेमा टुङ्गो लागेको छैन ।’
उम्मेदवार बन्न जो पनि आकाङ्क्षी हुन पाउने तर पार्टी र गठबन्धनमा पनि त्यसको बारेमा निर्णय हुनुपर्ने उनको भनाइ छ । गठबन्धनभित्र त्यस्तो समझदारी हुन बाँकी रहेकाले कुन पार्टीबाट को उम्मेदवार बन्ने भन्नेबारे टुङ्गो नलागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण