बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न

आइतबार, ०५ भदौ २०७९, १६ : ३४
आइतबार, ०५ भदौ २०७९

नेपाल महिला चेम्बरले डिजिटल मार्केटिङ तालिम आयोजना गरेको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरूको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा  सहयोग गर्ने उद्देश्यले महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो ।

तालिममा करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरूले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरूलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप