बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बोर्ड टपर बने सानिमा बैंकका डेपुटी सीईओ

आइतबार, ०५ भदौ २०७९, १६ : ३१
आइतबार, ०५ भदौ २०७९

सानिमा बैंकको सञ्चालक समितिले पवन कुमार आचार्यलाई डेपुटी सीईओमा बढुवा गरेको छ । सानिमा बैंकसँग स्थापनादेखि आवद्ध आचार्यले विभिन्न विभागका प्रमुख तथा शाखा प्रमुख भएर काम गरिसकेका छन् ।

आचार्य क्रेडिट रिस्क, इनफ्रास्टक्चर माइक्रो फाइनान्सिङ र डिजिटलाइजेसनमा पोख्त मानिन्छन् । ललितपुरका स्थानीय वासिन्दा आचार्यले बैंकिङ्ग र इन्जिनियरिङ्ग गरेर २३ वर्षको अनुभव सँगालेका छन् । उनले एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर स्कुलबाट समग्रमा बोर्ड थर्ड स्थान हासिल गरेका थिए। यसका साथै उनले ५ वर्ष आंशिक प्राध्यापन पनि गरेका थिए र अहिले उनी सानिमा क्यापिटलका सञ्चालक पनि हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप