शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेका छौँ : मेयर दाहाल

आइतबार, ०५ भदौ २०७९, १६ : १०
आइतबार, ०५ भदौ २०७९

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताएकी छन् । आइतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृत सहरका रूपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाइ थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुँदा देशभरबाट हेर्न आउने सहर बन्ने मेयर दाहालले बताइन् ।

‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ,’ उनले भनिन्, ‘जनताको हरेक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरवासीको इच्छा र चाहाना अनुसार विकासको कामलाई अगाडि बढाएको छौ । धेरै कामहरू गर्न बाँकी छ । ५ वर्षमा धेरै काम गर्न सकिन्छ ।’

सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने तर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रवर्धन गर्ने नीति लिएको मेयर दाहालले स्पष्ट पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप