गिरिको निधन प्रजातान्त्रिक समाजवादी आन्दोलनमा अपूरणीय क्षति : मैनाली

नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । मैनालीले गिरिको निधन नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलन तथा राजनीतिक मूल्यमान्यताको पक्षधरताको क्षेत्रमा एउटा अपूरणीय क्षति भएको बताएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘देशमा राजनीतिक मूल्य–मान्यता, सादगी, स्वावलम्बन तथा स्वदेशीपनाको खडेरी बढिरहेको अवस्थामा भएको गिरिको असामयिक दुःखद निधनबाट हामी अत्यन्त दुखित छौँ । नेकपा (माले) को नेतृत्व तथा पङ्क्तिबाट र आफ्नो तर्फबाट समेत श्री प्रदीप गिरिप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै वहाँका परिवारजन तथा मित्रहरू र नेपाली काँग्रेसप्रति हार्दिक समवेदना ज्ञापन गर्दछु ।’ उनले प्रजातन्त्रका अविश्रान्त योद्धा गिरिलाई चिर शान्तिको कामना पनि गरेका छन् ।
गिरिको ७५ वर्षको उमेरमा शनिबार राति उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनी केही वर्ष अघिदेखि घाँटीको क्यान्सरबाट आक्रान्त भई उपचाररत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति
-
सर्लाहीको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति
-
ट्रम्पका विशेष दूतसँग पुटिनको चार घण्टा वार्ता
-
दर्ता बिना अमेरिकामा ३० दिनभन्दा बढी बसेमा सजाय हुने
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई