गिरिको निधन प्रजातान्त्रिक समाजवादी आन्दोलनमा अपूरणीय क्षति : मैनाली
नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । मैनालीले गिरिको निधन नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलन तथा राजनीतिक मूल्यमान्यताको पक्षधरताको क्षेत्रमा एउटा अपूरणीय क्षति भएको बताएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘देशमा राजनीतिक मूल्य–मान्यता, सादगी, स्वावलम्बन तथा स्वदेशीपनाको खडेरी बढिरहेको अवस्थामा भएको गिरिको असामयिक दुःखद निधनबाट हामी अत्यन्त दुखित छौँ । नेकपा (माले) को नेतृत्व तथा पङ्क्तिबाट र आफ्नो तर्फबाट समेत श्री प्रदीप गिरिप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै वहाँका परिवारजन तथा मित्रहरू र नेपाली काँग्रेसप्रति हार्दिक समवेदना ज्ञापन गर्दछु ।’ उनले प्रजातन्त्रका अविश्रान्त योद्धा गिरिलाई चिर शान्तिको कामना पनि गरेका छन् ।
गिरिको ७५ वर्षको उमेरमा शनिबार राति उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनी केही वर्ष अघिदेखि घाँटीको क्यान्सरबाट आक्रान्त भई उपचाररत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण